वसन्त पञ्मीको अवसरमा खड्ग मा.वि. मा विविध कार्यक्रम

खबर खुराक
२ फागुन २०८० १९:३१

बुटवल । वसन्त पन्चमीको पावन अवसरमा श्री अग्रहरी युवा समाज देवदहको आयोजना, श्री खड्ग मा.वि. देवदह–१ को संयोजनमा, अग्रहरी समाजद्वारा बिधालयको प्राङ्गणमा निर्मित सरस्वतीको मन्दिर समुदघाटन गरिएको छ ।
समाजका अध्यक्ष महेश अग्रहरीको अध्यक्षता, देवदह वडा नंं. १ का वडा अध्यक्ष दिपक नेपालको प्रमुख आतिथ्यता र नेपाल अग्रहरी समाजका केन्द्रिय अध्यक्ष डा. योगेन्द्र अग्रहरीको विशिष्ट आतिथ्यता रहेको थियो ।
विद्यालयमा सरस्वती पूजा, अक्षरारम्भ,अभिभावकत्व ग्रहण, मन्दिर हस्तान्तरणदाता सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा अतिथी ज्युहरुबाट बाल कक्षामा आजै नया भर्ना भएका १५ जना नानी बाबुहरुलाइ विशेष स्वागत गरिएको छ ।
अक्षरारम्भ, खुला चित्रकला प्रतियोगिताको पुरस्कार बितरण र फुल रोपण कार्यक्रममा उपस्थित अतिथिज्युहरुलाइ विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेतले स्वागत मन्तव्य सङ्गै धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि पदम जि.सी. ले गर्नुभयको थियो।



प्रतिक्रिया