महाकवि देवकोटा क्याम्पसमा खेलकुद प्रतियोगिता प्रारम्भ

खबर खुराक
३ फागुन २०८० २०:०६

बुटवल । ०३ महाकवि देवकोटा क्याम्पसमा अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा क्याम्पसको खेल मैदानमा खेलकुद प्रतियोगिताको शुमारम्भ भएको छ ।
महाकवि देवकोटा क्याम्पसको वार्षिक शैक्षिक क्यालेण्डरमा तोकिए अनुसार सञ्चालन भएको उक्त प्रतियोगिताको आज उद्घाटनसत्रको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता आयोजक शाखाका संयोजक उप–प्राध्यापक सुलोचना अर्यालले गर्नु भएको थियो । क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
बिहानी समयका वि.वि.एस. र वि.एड. साथै दिवा समयका वि.वि.ए. र वि.आइ.सि.टि.इ. तर्फ अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिताको आज पहिलो दिन छात्रतर्फ भलिवल, बास्केटवल, रिले दौड, सटपुट र लङजम्प जस्ता खेलहरु खेलाइएको थियो । त्यसै गरी छात्रातर्फ भलिवल, रिले दौड, सटपुट र लङजम्प जस्ता खेलहरु खेलाइएको थियो । प्रतियोगिता सञ्चालनका क्रममा उपप्रध्यापक हरिदत्त शर्माले सहजिकरण गर्नु भएको थियो ।



प्रतिक्रिया