नेदल्याण्ड्सलाई चौथो झट्का ललितले लिए व्यक्तिगत दोस्रो विकेट

खबर खुराक
५ फागुन २०८० ११:०३

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लिएको छ ।

ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरेका हुन् । लिडे १९।२ ओभरमा व्यक्तिगत २७ रनमा आउट भए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ६७ रन छ ।
यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो ।
खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।



प्रतिक्रिया