विश्वकप लिग-२ : नेपालले आज नामिबियाको सामना गर्दै

खबर खुराक
९ फागुन २०८० ११:०५

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर फिल्डिङ रोेजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । नेपाल आज लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नामिबिया पनि दोस्रो जित निकाल्ने तयारीमा छ । पछिल्लो खेलमा नामिबिया नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो ।

नामिबिया र नेपालबीच हालसम्म सात अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नामिबिया चार र नेपाल दुई खेलमा विजयी भएको छ । एक खेल नतिजाविहीन बनेको थियो ।

नामिबियाविरुद्ध नेपाल-११

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललितनारायण राजवंशी ।



प्रतिक्रिया