काठमाडौंको सितापाइलामा घरको कोठाभित्र तीन जना मृत फेला

खबर खुराक
९ फागुन २०८० ११:१९

९ फागुन, काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् । एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले घरको कोठाभित्र तीन वटा शव फेला परेको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया