सितापाइला घटना

श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या, जंगलमा शव फेला

आत्महत्या गर्नुअघि राजुले ससुरालाई फाेन गरेर आफूले तीनै जनाकाे हत्या गरेकाे ससुरा इन्द्रजित श्रेष्ठले प्रहरीलाई बताए ।

खबर खुराक
९ फागुन २०८० १३:५७

९ फागुन, काठमाडौं । काठमाडौँको सितापाइलामा श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित राजु घिमिरेले श्रीमती प्रेम कुमारी श्रेष्ठसहित ८ वर्षीया छोरी अनिशा  र २ वर्षीया छोरी शिवानीको हत्या गरेको घटना स्थलमा रहेका एक प्रहरी अधिकृतले  जानकारी दिए।

राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ। ‘घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या भएको देखिन्छ। कसले हत्या गर्‍यो भन्ने खुलेको छैन तर श्रीमानको शव जंगलमा फेला परेकाले उनले नै हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्छ’, ती प्रहरी अधिकृतले भने।

राजुको शव प्रहरीले घटनास्थल नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको छ।

आत्महत्या गर्नुअघि राजुले ससुरालाई फाेन गरेर आफूले तीनै जनाकाे हत्या गरेकाे बताएकाे ससुरा इन्द्रजित श्रेष्ठले जानकारी दिए।

‘मार्ने मान्छे (राजु)ले फाेन गरेर- मैले स्वास्नी, छाेरी, नातिनी मारेँ। जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फाेन गरेकाे थियाे, अनि मैले पुलिसलाई फाेन गरेँ। म पनि घटनास्थलमा पुगेँ। उसले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ’, ससुरा इन्द्रजितले भने।

मंगलबार साँझ राजुले श्रीमती र दुई छोरी लिएर आएकाे र खाजा खाएर फर्किएकाे इन्द्रजितले बताए। उनका अनुसार राजु आफन्तलाई भेट्न अस्पताल पुगी राति १ बजे फर्किएर काेठामा सुतेकाे र बिहान सवा ७ तिर छाेरी र नातिनीकाे हत्या गरेका थिए।



प्रतिक्रिया