त्रिभुवन युनाइटेड एकेडेमीमा फुड फेस्टिबल आयोजना

खबर खुराक
९ फागुन २०८० १७:२६

बुटवल, फागुन ९ । बुटवल ७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल गर्न लागेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन । उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेका विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिनुभयो । सह प्राचार्य बस्यालले खानामहोत्सवले विधार्थी हरुलाइ ब्यवहारीक बन्न र ब्यवसायि ,स्वरोजगार बन्न समेत प्रेरित गर्ने बताउनु भयो ।

विद्यार्थी दर्जनभन्दा बढी परिवार बनाएर अभिभावक, भूपू विद्यार्थी, शिक्षाप्रेमी र शिक्षकतथा विधालय आसपासका टोलछिमेक हरुलाई विक्री गर्ने योजना बनाएको विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले जानकारी दिनुभयो । विद्यालयमा २०७७ देखि कक्षा ११ र १२ को पठन पाठन सुरु भएको थियो । सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन गर्ने कार्यक्रम रहेको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिनुभयो । विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्नुका साथै यसविधालयमा अध्यनरत विद्यार्थीहरुले सहजै जागिर पाउने र स्वरोजगार बनेको विधालयले जनाएको छ । विद्यालयमा प्लस टु तर्फ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।



प्रतिक्रिया