संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव

खबर खुराक
१० फागुन २०८० १०:३९

१० फागुन, काठमाडौं । सरकारी सेवामा २० वर्ष काम गरेका सरकारी कर्मचारीले निवृतभरण (पेन्सन) पाउँछन् । निवृत्तभरण व्यवस्थापन कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठका अनुसार एउटा सरकारी सेवाबाट अर्को सरकारी सेवामा निरन्तर भएकाहरुको हकमा पनि पूरा सेवा अवधि २० वर्ष पुगे पेन्सन पाउने व्यवस्था छ ।

तर, संघीय संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने गरी प्रचलित ऐन संशोधनको प्रस्ताव सांसदहरुले गरेका छन् ।



प्रतिक्रिया