लायन्स क्लब अफ बुटवल इलिटद्वारा निःशुल्क आँखा र मधुमेह परिक्षण कार्यक्रम सम्पन्न

खबर खुराक
१० फागुन २०८० ११:५६

बुटवल । १० लायन्स क्लव अफ बुटवल इलिटद्धारा आयोजित निःशुल्क आँखा र मधुमेह परिक्षण कार्यक्रम श्री जनज्योति मा.वि.कन्चन–१ दानापुरमा सम्पन्न भयको छ । लायन विष्णु प्रसाद गौतमको जन्मदिनको पावन अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन सन्तोष आचार्य, प्रमुख अतिथि डिजि लायन अर्जुन मान सैन्जु , विशिष्ट अतिथि लायन कल्पना शिवाकोटी, लायन वेद प्रसाद गैरे र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नर बहादुर थापा, प्र.अ. तिलकराम लोध वडा प्रतिनिधि लेखा रद्धि, सहायक प्र.अ. थमन थापा मगर, समिक्षा संयोजक ओम बहादुर कामुको अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक शिक्षका र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । शिविरमा ६०३ जनाको निशुल्क आँखा जाँच र  ४२७ जनाको निःशुक्क मधुमेह परिक्षण गरिएको बुटवल इलिटका अध्यक्षले जानकारी गराउनुभएको थियो ।

स्वागत मन्तव्य प्रथम उपाध्यक्ष लायन अरुण कुमार ज्ञवालि र कर्यक्रममा धन्यवाद मन्तव्य कार्यक्रम संयोजक लायन विष्णु प्रसाद गौतमले गुर्नभएको थियो । कार्यक्रमको सञ्चालन लायन सुवास अर्यालले गर्नुभएको थियो  ।



प्रतिक्रिया