नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ४० ओभरमा ७ विकेट गुमाएर १३० रन

खबर खुराक
१३ फागुन २०८० १२:२९

१३ फागुन, काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले ४० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको छ ।

नेपालका लागि आठौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख ११ र नवौँ नम्बरका ब्याट्सम्यान गुलसन झा दुई रन बनाउँदै क्रिजमा छन् ।

नेपालको रन रेट ३.२५ रहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।



प्रतिक्रिया