सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

खबर खुराक
१४ फागुन २०८० १०:२०

१४ फागुन, सुर्खेत । सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेको अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकले जानकारी दिए ।

सिम्ता गाउँपालिका–६, जामुनेबजारमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किंदा रानाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा९५प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भे१त४५ नम्बरको ट्याक्टर एक आपसमा ठोकिएका थिए ।

रानाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ ।उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक र साहु भने फरार रहेका छन् ।

 



प्रतिक्रिया