सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

खबर खुराक
१४ फागुन २०८० १०:३०

१४ फागुन, काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको अनलाइनखबरसँग बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होवीन्द्र बोगटीले गुरुङलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको जानकारी दिए । गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो । पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए ।



प्रतिक्रिया