रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोली सार्वजनिक विदा

खबर खुराक
१४ फागुन २०८० १४:५७

१४ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलबार स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै नगर प्रमुख रामकृष्ण खाँणलेमगर दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको बताएका छन् ।

मगर समुदायले देशभरमै बिदा मागिरहेका बेला तिलोत्तमाले भने उनीहरुको माग सम्बोधन गर्दै बिदा दिएको छ ।  मगरहरुले भोलि देशभर ४२ औं मगर स्थापना दिवस मनाउँदै छ ।



प्रतिक्रिया