देवदह नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कक्षमा तालाबन्दी

खबर खुराक
१४ फागुन २०८० १५:४०

१४ फागुन, देवदह । देवदह नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको छ ।कांग्रेस र राप्रपाकाबाट निर्वाचित जनप्रतिनिधिले कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कार्यकक्षमा ताला लगाउन पुगेका जनप्रतिनिधि र सुरक्षाकर्मीबीच लामो समयको विवाद पछी ताला लगाइएको हो।

नगरपालिका पुगेका जनप्रतिनिधिले पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वडाका वडाध्यक्ष मध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नट अफ डिसेन्ट लेखेको तर बहुमतीय दम्भ देखाएर असहमति दर्ज नगरिएको बताएका छन् ।

देवदहमा पौष १७ यता कांग्रेस र राप्रपाका जनप्रतिनिधिहरुले एक पक्षीय निर्णयमा सहभागी नहुने र नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुन नगरपालिकाका कार्यक्रमहरु बहिष्कार तथा कार्यपालिका बैठक बहिष्कार गर्ने दबावमूलक अभियानमा गरिरहेको पनि जनाएका छन् ।

तालाबन्दी गर्न पुगेका जनप्रतिनिधिहरुले प्रकाशन गरेको विज्ञप्तिमा नगर प्रमुख, उपप्रमुख सम्बोधित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भक्तानी समेत गरीएको आरोप लगाइएको छ । विज्ञप्तिमा नगर प्रमख कोष देखि आफनो कुल मन्दिरमा रकम विनियोजन गरी वडा न.९ को कार्यालयको सिफारिस बिना रकम निकाशा गरीएको, वडा नं ८ मा नदिजन्य पदार्थ चोरी तस्करी गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले ट्रक्टर, जे सि भि स्वंय पक्राउ गरि खैरेनी चौकीलाई बुझाई देवदह नगरपालिकालाई कारवाहीको लागि पठाएको पत्र नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत मिलेमतोमा विना राजश्व छाडीएको आरोप लगाइएको छ ।

तालाबन्दी गर्न नगरपालिका पुग्ने जनप्रतिनिधिहरुमा वडा नम्बर १ का वडा अध्यक्ष दिपक प्रसाद नेपाल, वडा नम्बर १० का वडा अध्यक्षएक बहादुर सुनार, वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, वडा नम्बर ९ का वडा अध्यक्ष मोहन बहादुर जि.सि., वडा नम्बर १२ वडा अध्यक्ष डेग बहादुर सारु, वडा नम्बर ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नम्बर ११ का वडा अध्यक्ष दूध नाथ यादव रहेका छन् । त्यस्तै कार्यपालिका सदस्यहरु र निर्वाचित वडा सदस्यहरु समेत ताला लगाउन पुगेका छन् ।

 



प्रतिक्रिया