महाकवि देवकोटा क्याम्पसमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

खबर खुराक
१६ फागुन २०८० १९:५५

बुटवल १६, महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी., शिक्षा तथा मानविकी सङ्काय प्रमुख बबिन शर्मा सापकोटा, व्यवस्थापन सङ्काय प्रमुख भिमलाल ढकाल, एम.वि.एस संयोजक पदम पाण्डे, वि.वि.ए. संयोजक ताराप्रसाद पाण्डे, विद्यार्थी परिषद्का सभापति प्रकाश सेन्चुरी, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका, क्याम्पस अन्तर्गत वि.वि.एस र वि.एड. तर्फ अध्ययनरत विद्यार्थी गरी करिव १५० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पसले मिति २०८०÷११÷०३,०४,०६ र ०७ गते गरी चार दिन सम्म खेलकूद प्रतियोगिता सञ्चालन गरेको थियो । खेलकूद प्रतियोगितामा भलिबल, बास्केटबल, फुटसल, सटपुट, लङजम्प, म्युजिकल चेयर, स्लोसाइकल रेस, रिले रेस, चेस, टेवुल टेनिस र क्रिकेट लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व सिपको विकास गर्नको लागि खेलकुद प्रतियागिताको आयोजना गरेको विचार व्यक्त गर्दै प्रमुख अतिथि लामिछानेले सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको मेहनत र लगावका कारण क्याम्पसले दोस्रो पटक गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न सफल भएको विचार व्यक्त गर्नु भयो । उक्त अवसरमा विभिन्न खेलमा प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल खेलाडी भाइ बहिनीहरुलाई प्रमुख अतिथिद्वारा मेडल र प्रमाणपत्र साथै सभाध्यक्षद्वारा टिका प्रदान गरिएको थियो । उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलाप शाखा संयोजक सुलोचना अर्यालको स्वागत मन्तव्य साथै शिक्षक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।



प्रतिक्रिया