घटना

मोरङको बेलबारीमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु, दुई जना घाइते

खबर खुराक
१८ फागुन २०८० १०:५२

१८ फागुन,  विराटनगर । मोरङको बेलबारीमा सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारीखण्डमा शुक्रबार बिहान टिपरले बोलेरो जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको मे१झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको मोरङका डीएसपी रन्जनकुमार दाहालले बताए ।

दुर्घटनामा परी झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया दीपा खनालको घटनास्थलमै मृत्यु भएको थियो ।

उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा झापाकै बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

न्युरो अस्पतालमा अरू दुई घाइतेको उपचार भइरहेको छ । एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया