काठमाडौं महानगरविरुद्ध सडकमा निस्किए कवाड संकलनकर्ता र व्यवसायी

खबर खुराक
१८ फागुन २०८०

१८ फागुन, काठमाडौं । कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध संकलनकर्ता एवम् व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साह (बालेन)ले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएका छन् ।  थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् ।

जुलुसमा सहभागी एक व्यक्तिले भने,“कवाड संकलन गरेर राख्न दिएको छैन । कवाड उठाउन नमिल्ने गरेको छ । विस्तारै यसरी काम गर्ने सबैलाई महानगरले हटाउँदै छ ।”

जुलुसमा सहभागीहरुले ‘बालेन मुर्दावाद’ भन्दै नारा लगाएका छन् भने कवाड संकलन गरेको ठाउँमा ‘डोजर चलाउन बन्द गर’, ‘अदालतको आदेश पालना गर’ भनेर लेखेका र प्ले कार्ड बोकेका छन्