राष्टिय जनमुक्ति पार्टी तिलोत्तमाको अध्यक्षमा राधिका श्रीस

खबर खुराक
२१ फागुन २०८०

२१ फागुन, तिलोत्तमा । राष्टिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा ९ मंगलापुर रहेको पार्टी भवनमा सम्पन्न अबिधेसनबाट राधिका श्रीसको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा प्रेम कनौजे मगर , देव मगर, सचिवमा अमर केदाल, कोषध्यक्षमा पदम वहादुर विरकट्टा, निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा यादव राना, शान्ति पुन, हिरा वहादुर आले , नेत्र लाल आले , मोनिता राना दर्लामी, धर्म पुन मगर , विष्णु थापा, टिकाराम पुन, युद्ध बहादुर फगामी रहनु भएको छ । नव निर्वाचित तिलोत्तमा नगर समितिका पदाधिकारीलाई राष्टिय जनमुक्ति पार्टीका संघीय परिषद कार्यकारी अध्यक्ष केशव वहादुर थापा सुर्यवंशीले सफल कार्यकालको शुभकामना दिनु भयो । उहाले अब नयाँ भिजनका साथ मजवुत भएका अगाडि वढ्नका लागी हरसम्भव सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयोे ।

कार्यक्रममा नवनिर्वाचित तिलोत्तमा नगर समितिका अध्यक्ष राधिका श्रीसले सबैको साथ र सहयोग गरिमामय पदमा रहेर काम गर्ने अवसर दिएकोमा सबैमा धन्यवाद दिनु भयो । उहाले एकले अर्कालाई हातेमालो गर्दै वालियो संगठन बनेर अगाडि जानेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा राष्टिय जनमुक्ति पार्टीका संघीय परिषद कार्यकारी अध्यक्ष केशव वहादुर थापा (सुर्यवंशी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा नगर समितिका पुर्व अध्यक्ष भुम बहादुर वुढा मगर , राष्टिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पे्रमबहादुर थापा लगायत पार्टी कार्यकर्ता, तिलोत्तमा नगरपालिकाका वडा १ देखि १५ सम्मका प्रतिनिधि , तथा पर्यवेक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट प्रतिनिधीलाई ससम्मान गरिएको थियो ।

तिलोत्तमा नगर समितिका पुर्व सचिव प्रेम कनौजे मगर तथा राष्टिय जनमुक्ति पार्टी प्रदेश नं ५ का सचिव चित्र प्रसाद गुरुङले सन्चालन गर्नु भएको थियो । यस्तै विभेद रहित समाजको परिकल्पना गर्ने पार्टी राष्ट्रिय जनमुिक्त पार्टी , पूर्णसंघियता र जातिय समानुपातिक प्रतिनिधत्वको सुनसश्चिता , भ्रष्टाचार मुक्त नेपालको निर्माण हाम्रो प्रितवद्दता भन्ने नारा सहित राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर समिति रुपन्देहीको चौथो नगर अधिवेशनको खुला सत्र शानिबार तिलोत्तमा ९ मंगलापुरमा सम्पन्न भएको थियो ।