अन्तक्र्रिया कार्यक्रम सम्पन्न

खबर खुराक
२१ फागुन २०८० १२:४१

बुटवल फागुन २१ । महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा मिति २०८०÷११÷२१ गतेका दिन स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आध्यात्मिक ज्ञान प्रदान गर्ने उद्धेश्यले क्याम्पसको सभाहलमा धार्मिक तथा आध्यात्मिक व्यक्तित्वहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको विच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख अतिथ्यता, धार्मिक व्यक्तित्व मार्कन्डेय दासको विशेष आतिथ्यता साथै क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, क्याम्पस संरक्षक सन्तोष पहारी, प्रकाश बोलखेको आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका, यसै क्याम्पसको स्नातक तह तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरु लगायत १०० जनाको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा धार्मिक तथा आध्यात्मिक व्यक्तित्व मार्कन्डेय दासले मानिस धनले होइन की आध्यात्मिक ज्ञानले मात्रै खुशी हुन सक्ने विचार राख्दै आध्यात्मिक ज्ञानबाट नै मुक्तिको बाटो प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लामिछानेले धार्मिक तथा आध्यात्मिक व्यक्तित्व मार्कन्डेय दासलाई धन्यवाद दिँदै आध्यात्कि ज्ञानले जीवन सार्थक हुने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सन्तोष पहारी, प्रकाश बोलखे लगायतका व्यक्तित्वहरुले आफ्ना विचार राख्नु भएको थियो । सो कार्यक्रमको सञ्चालन शिक्षक पदम पाण्डेले गर्नु भएको थियो ।



प्रतिक्रिया