महाकवि देवकोटा क्याम्पसमा विचार आदानप्रदान कार्यक्रम सम्पन्न

खबर खुराक
२५ फागुन २०८० ९:१५

मिति २०८०/११/२४ गतेका दिन महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा विद्यार्थीहरुमा व्यवसायिक योजना निर्माण गर्ने क्षमता विकास गर्ने उद्धेश्यले विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्नातक र स्नातकोत्तर तहको एम.वि.एस., वि.वि.ए., वि.वि.एस., वि.आइ.सि.टि.इ. तर्फ अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहको वि.वि.ए. पाँचौ सेमेस्टरमा अध्ययनरत छात्रा उर्जा ताम्राकारले व्यवसायिक योजना निर्माण गर्दा आफूले प्रयोग गरेका तरिका साथै व्यवसायिक योजना निर्माणमा आफू सफल हुँदाका आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक र स्नातकोत्तर तहको एम.वि.एस., वि.वि.ए., वि.वि.एस., वि.आइ.सि.टि.इ. तर्फ अध्ययनरत ९३ जना विद्यार्थीहरु को सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यार्थीहरुले व्यवसायिक योजना निर्माण गर्दा आफूले भोगेका समस्या र आ आफ्ना जिज्ञासाहरु प्रस्तुत गरेका थिए । सो कार्यक्रममा महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाका संयोजक शिक्षक विकाश रानाले सहजिकरण गर्नुभएको थियो ।



प्रतिक्रिया