खेलकुद

तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटन

खबर खुराक
२८ फागुन २०८० १४:०४

२८ फागुन, बुटवल ।  रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मैदानको उद्घाटन गरेका हुन्।

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विरोध कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। तिलोत्तमा नगरपालिका(१७ स्थित पूर्व दरखसवामा गत जेठ २९ गते शिलान्यास भएको रंगशालाको पहिलो चरणको कामअन्तर्गत खेल मैदान ९ महिनामै तयार भएको हो ।  पहिलो चरणमा मैदानको निर्माण सकिएसँगै आज ‘लिजेन्ट्स कप’ आयोजना गरिएको छ।

मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी(२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले सन् २०१४ टिमको, एलबी क्षेत्रीले सन् १९९६ टिमको, कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।



प्रतिक्रिया