बुटवलमा लोकप्रिय बन्दै बिर्यानी हाउस

खबर संसार
१ चैत २०८० २०:५९

करिबकरिब ४ बर्ष पहिलेबाट बुटवलमा सञ्चालनमा आएको बिर्यानी हाउस एण्ड तन्दुरले एतिबेला राम्रो बजार पाएको छ ।केही अनुभव, केही फरक धारणा र अठोट भयो भने व्यवसायमा सफलता हासिल हुन्छ भन्ने मान्यताका साथ होटल व्यवसायमा अघि बढेका छन् बुटवलका उदित न्याैपाने । होटल म्यानेजमेन्टको पढाईसंगै अनुभव बटुलेका उदित बुटवलको होराईजन चोक स्थित बिर्यानी हाउस एण्ड तन्दुरका सञ्चालक हुन् । चार वर्षदेखि उनले बिर्यानि हाउस चलाइरहेका छन् । अध्ययनका साथसाथै बिर्यानी हास सञ्चालन गरेका उनले बुटवलमै फरक स्वादका परिकारहरु खास स्वादको बनाएर ग्राहकका लागि पस्किरहेका छन् ।  कोरोनाले होटल व्यवसाय सुस्ताएको थियो । देश आर्थिक संकटमा जाँदैछ भनेर दिनहुँ कुरा हुन्थ्यो। त्यही बेलामा उनेले नयाँनयाँ बिचार जन्माए । लकडाउन अगाडी खोलिएको व्यवसायलाई लकडाउन पछिको समयमा उनले नयाँपन दिए । होटल क्षेत्रमा विदेशबाट फर्केकाहरूलाई सहयोग गर्ने चाहना छ उनको । त्यसैले आफ्नाे रेस्टुरेन्टलाई लोकप्रिय ब्रान्ड बनाउन कम्मर कसेर लागेका छन् । ‘स्वादिलो खाना, चुस्त व्यवस्थापन र निष्ठावान हुनुपर्छ होटल सञ्चालनको लागी उदितले भने, ‘आत्मीय सेवा र सफा वातावरण हुनुपर्छ । मूल्य पनि उचित हुनुपर्छ । यी सबै कुरा ध्यानमा राखे रेस्टुरेन्ट चल्छ ।’



प्रतिक्रिया