महाकवि देवकोटा क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न

खबर खुराक
२ चैत २०८० १५:५९

बुटवल चैत्र ०२ । महाकवि देवकोटा क्याम्पसको आयोजनामा याम्पसको सभाहलमा व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गर्दै स्वागत गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता, निवर्तमान अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णुप्रसाद पौडेल र सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी द्वयको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, कार्यक्रमका संयोजकहरु, शाखा प्रमुखहरु, शिक्षक कर्मचारीहरुका साथै क्याम्पसको स्नातक तह प्रथम वर्षमा अध्ययनको लागि क्याम्पसमा भर्ना भएका विद्यार्थीहरु गरी २२५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि लामिछानेद्वारा पुष्पगुच्छा, कलम र डायरी साथै विशिष्ट अतिथि पङ्गेनीद्वारा टीका प्रदान गरिएको थियो । विद्यार्थी जीवनमा अनुशासनको महत्व उल्लेख गर्दै विशिष्ट अतिथि पङ्गेनीले क्याम्पसको शैक्षिक गुणस्तर राम्रो भएको हुनाले आफ्ना छोरीहरुलाई वि.वि.ए. र वि.आइ.सि.टि.इ. अध्ययनको यसै क्याम्पसमा भर्ना गरेको सन्दर्भ उल्लेख गर्दै नव आगन्तुक विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि लामिछानेले देवकोटा क्याम्पसले नेपालमा नै ११ औँ स्थानमा गुणस्तर शुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा क्याम्पससंग सम्बद्ध सम्पूर्ण पक्षलाई धन्यवाद दिनु भयो । उक्त कार्यक्रममा शिक्षक चिरञ्जिवी बस्यालको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।



प्रतिक्रिया