जसपाबाट प्रतिनिधिसभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन

खबर खुराक
४ चैत २०८० १३:३७

४ चैत, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको आइतबार विहान निधन भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा बिहान ७ : ५५ बजे निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाइएको थियो।

यसैबीच सभामुख देवराज घिमिरे आइतबार सिभिल अस्पतालमा पुगेर परिवारजनमा शोक व्यक्त गरेका छन्। २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरूवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन्। उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।

jasapa



प्रतिक्रिया