माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा

खबर खुराक
५ चैत २०८० ११:३३

५ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रहरी टोलीले महरालाई काठमाडौँ ल्याउने तयारी गरेको ढकालले जानकारी दिनुभयो । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले महरासँग यस अघि बयानका लिएको थियो ।



प्रतिक्रिया