देशका भन्सार कार्यलयले नुन देख्छन्, सुन देख्दैनन : ठाकुर गैरे

खबर संसार
७ चैत २०८० १०:०७

मिलन विश्वकर्मा

पाल्पा, ७ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले भन्सार कार्यालयले नुन देख्ने तर सुन नदेख्ने बताउनुभएको छ ।

मंगलबार संसद बैठकमा बोल्दै उहाँले भन्नुभयो ´भन्सार कार्यालय भ्रष्टाचार गर्ने थलोका रूपमा परिचीत रहेको छ ।`

भन्सारमा ठूलाठूला काण्ड नदेख्ने गरिएको पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका गैरेले सुनाउनुभयो ।

´भन्सार कार्यालयले नुन तेल देख्ने, सुन नदेख्ने। सर्वसाधारण देख्ने, बिचौलिया र तस्कर नदेख्ने । १/२ किलो देख्ने, क्विन्टल नदेख्ने` उहाँले थप्नुभयो ´अवैध ओसारपसारका लागि सहज हुने । सर्वसाधारणले धेरै दुख भोग्नुपरेको छ ।` भन्सारलाई व्यवस्थित गर्नका लागि दीगो समाधान खोज्नुपर्ने संसद गैरेर बताउनुभयो ।

ट्रेडको अधिकार भएका छोटी भन्सारलाई यथावत राख्नुपर्छ। यिनको स्तरोन्नति गर्नुपर्छ । ट्रेडका संभावना नभएका छोटी भन्सार कार्यालयलाई भने  विस्थापित गर्नुपर्ने उहाँले सुझाउनुभयो ।

अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयक २०८० माथि दफाबार छलफल गरेर परिमार्जन सहित पास गर्नुपर्ने बताए। यो विधेयक देशको हित अनुकुल रहेको उहाँले दाबी गर्नुभयो ।

भन्सार नीतिमा पारदर्शीता, नैतिक मुल्य र मान्यता,  सदाचारिताका मापदण्ड उल्लेख हुनुपर्छ । भन्सार प्रक्रियालाई सरलीकरण गर्नुपर्छ । भन्सारबाट हुने घुसपैठ, छली, दलाली गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने गरी ऐन ल्याउनुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा गैरेले जोड दिनुभयो ।

 



प्रतिक्रिया