प्रसिद्ध तीर्थस्थल पाथीभरा

पाथीभरा क्षेत्रमा बाक्लो हिमपात (तस्बिरहरु)

खबर खुराक
९ चैत २०८० १६:४०

९ चैत, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा बाक्लो हिमपात भएको छ । मङ्गलबारदेखि सुरु भएको वर्षासँगै पाथीभरामा हिमपात भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार बुधबार र बिहीबार राति पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ । निरन्तरको वर्षासँगै दुई दिन लगातार हिमपात भएपछि तीनहजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिर परिसरसहितका क्षेत्रमा बाक्लो हिउँ थुप्रेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

पाथीभरा मन्दिर परिसर र माथिल्लो फेदीसम्म नै हिउँ परेको समितिका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । वर्षा र हिमपातका कारण दुई दिन अर्थात् बुधबार र बिहीबार पाथीभरा दर्शनमा आउने तीर्थयात्री प्रभावित भएका थिए ।

शुक्रबार भने बिहानैदेखि मौसम खुलेकाले पाथीभराको दर्शन गर्ने तीर्थयात्री तथा हिउँमा रमाउनेहरुको आउजाउ सुरु भएको समितिले जनाएको छ । मौसम खुलेपछि पाथीभरा क्षेत्र र यहाँबाट दृश्यावलोकन गर्न सकिने कञ्चजनजङ्घासहित सेताम्मे हिमालको मनमोहक दृश्यले तीर्थयात्री र अन्य पर्यटकलाई लोभ्याने गरेको छ ।



प्रतिक्रिया