महाकवि देवकोटा क्याम्पसमा स्वागत कार्यक्रम सम्पन्न

खबर खुराक
१० चैत २०८० १६:५१

महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा व्यवस्थापनक सङ्काय स्नातकोत्तर तह (एम.वि.एस.) र स्नातक तह (वि.वि.ए.) प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शैक्षिक सफलताको कामना गर्दै स्वागत गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य शालिकराम सापकोटा, क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, कार्यक्रमका संयोजकहरु, शाखा प्रमुखहरु, शिक्षक कर्मचारीहरुका साथै व्यवस्थापनक सङ्काय स्नातकोत्तर तह (एम.वि.एस.) र स्नातक तह (वि.वि.ए.) प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरु साथै वि.वि.ए. र वि.आइ.सि.टि.इ.का अन्य सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुगरी ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्नातकोत्तर तह (एम.वि.एस.) साथै स्नातक तह (वि.वि.ए.) प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि लामिछानेद्वारा पुष्पगुच्छा, कलम र डायरी साथै विशिष्ट अतिथि पङ्गेनीद्वारा टीका प्रदान गरिएको थियो । अनुभव मन्तव्यका क्रममा वि.वि.ए.प्रथम सेमेस्टरमा अध्ययनरत छात्रा झरना रानाले क्याम्पसको शैक्षिक गुणस्तर राम्रो भएको हुनाले नै यो क्याम्पस छनौट गरेको भन्दै क्याम्पसको सदस्य भएकोमा गौरव महशुस भएको विचार व्यक्त गरिन । आफूले दुःख गरेर आफ्ना छोरा छोरीको उज्वल भविष्य निर्माणको लागि आभिभावकहरुले ठूलो लगानी गरेको सन्दर्भ उल्लेख गर्दै विशिष्ट अतिथि पङ्गेनीले विद्यार्थीहरुले पनि आफ्ना बाबा आमाको सपना पूरा गर्न गम्भिर भएर लाग्नु विचार व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि लामिछानेले क्याम्पसको शैक्षिक गुणस्तर प्रति विश्वस्त भएर प्रथम सेमेस्टरमा नयाँ भर्ना भएका (एम.वि.एस.) र (वि.वि.ए.) प्रथम सेमेस्टरका विद्यार्थी भाइ बहिनीहरुलाई धन्यवाद दिनु भयो । उक्त कार्यक्रममा वि.वि.ए.संयोजक शिक्षक तारप्रसाद पाण्डेको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्माको सञ्चालन रहेको थियो ।

 



प्रतिक्रिया