महाकवि देवकोटा क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

खबर खुराक
१४ चैत २०८० १७:५२

महाकवि देवकोटा क्याम्पसको आयोजना साथै राष्ट्रिय वाणिज्य बैंक सुनवलको प्राविधिक सहयोगमा मिति २०८०/१२/१४ गतेका दिन क्याम्पसको सभाहलमा व्यवस्थापन सङ्काय स्नातक तह (वि.वि.एस.) दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक वित्तिय ज्ञान दिने उद्धेश्यले आयोजना गरिएको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यता, राष्ट्रिय वाणिज्य बैंक सुनवलका शाखा प्रबन्धक सुमन बस्यालको प्रमुख प्रशिक्षकत्वमा संचालन गरिएको उक्त कार्यक्रममा सोही बैंकका बरिष्ठ सहायक देव बहादुर क्षेत्री र राम बहादुर वि.क.को समेत प्रशिक्षकत्व रहेको थियो ।
कार्यक्रममा व्यवस्थापन सङ्काय स्नातक तह (वि.वि.एस.) दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी साथै क्याम्पसमा प्रध्यापनरत शिक्षकहरु गरी १०० जनाको सहभागिता रहेको थियो । सो अवसरमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि लामिछानेले किताबी ज्ञानको अतिरिक्त विद्यार्थीहरुलाई प्रयोगात्मक व्यवहारिक ज्ञान दिन साथै वित्तिय साक्षरता बढाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएकोमा सबैलाई धन्यवाद दिनु भयो । उक्त अवसरमा प्रमुख प्रशिक्षक बस्यालले वित्तिय क्षेत्रमा लगानी गर्दा ध्यान दिनु पर्ने कुराहरु उल्लेख गर्दै शेयर कारोबारका बारेमा समेत स्पष्ट पार्नुभएको थियो । सो कार्यक्रममा व्यवस्थापन सङ्काय प्रमुख उप प्राध्यापक भिमलाल ढकालले सहजिकरण गर्नुभएको थियो ।



प्रतिक्रिया