नारायणगढ मुग्लिन सडकमा दुर्घटना : आठ जना घाइते

खबर खुराक
१५ चैत २०८० ११:४७

१५ चैत, काठमाडौं । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहान  ५ बजे  भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१(००६ ख ४८८८ नं। को यात्रु बसको पहाडी   ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी  चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा,  भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह,  भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ ,  भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल,  भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी,  भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र  गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् । उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।



प्रतिक्रिया