गुल्मीमा थप एक जनाको शव खोलामा फेला

खबर खुराक
१८ चैत २०८० १५:४९

१८ चैत, गुल्मी । गुल्मीमा एक जना खोल्सामा र दुई जना बडिगाडखोलामा गरी तीन जनाको शव फेला परेको छ । बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । गुल्मीमा जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर ६ का ४८ वर्षका धनश्याम भण्डारी , मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षीय सन्दिप कुमाल र गुल्मीदरबार गाउँपालिका २ घोरा उपल्लोखर्कका १२ वर्षीय प्रिन्स सारुको शव बडिगाड खोलामा मृत फेला परेका हो

भण्डारीको शव आइतबार बिहान सोहि गाउँपालिकाको वडानम्बर–५ को हंसरा स्थित रुम्दाखोल्सामा घोप्टो अवस्थामा मृत फेला परेको थियो  ।
मृतक भण्डारीका बिगत लामोसमयदेखि आफना दाजुसँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती २ छोरी, १ छोरा सहित माईतीघर चितवनमा बस्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

उता आरुपाटाका अविवाति सन्दिप मृत प्रायः अवस्थामा शनिवार साँझ ५ बजेको समयमा ग्वादीका चौर नजिकै बडिगाड खोलामा फेला परेका थिए ।  त्यस्तै उपल्लाखर्कका प्रिन्सको शव आईतबार  दिउँसो ११ बजेको समयमा  सोता भन्ने स्थानको बडिगाड खोलमा  फेला परेको  छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुर्यमान चौधरीले  तिनै जना मृत फेला परेको पुष्टि गर्दै  शनिवार  पौडी  खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका  बालक प्रिन्सको  शव आईतबार दिउँसो ११ बजेतिर  फेला परेको जानकारी पाउन साथ आफु त्यस तर्फ जाँदै गरेको बताए ।

त्यस्तै आरुपाटाका  सन्दिप  माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अबस्थामा  फेला पारिएको थियो । मृत प्रायः उनलाई  वामीटक्सार अस्पतालबाट  लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरेकोमा सोही दिन साँझ  ८ बजेर ३५  मिनेट जाँदा  डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।   बडिगाड खोलामा माछा मार्ने र पौडी खेल्ने क्रममा हाल सम्म धेरैले  ज्यान गुमाउँदै आएका छन ।



प्रतिक्रिया