२७ निर्माण कम्पनी कालोसूचीमा
![२७ निर्माण कम्पनी कालोसूचीमा](https://khabarkhurak.com/wp-content/uploads/2024/04/sarbajanik-kharid-1711947114.jpg)
१९ चैत, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले २७ वटा कम्पनीहरूलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरूलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सूचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।
यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस