वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

खबर खुराक
१९ चैत २०८० १५:४६

१९ चैत, काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया