महाकवि देवकोटा क्याम्पसमा शैक्षिक क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

खबर खुराक
२१ चैत २०८० १८:५४

मिति २०८०÷१२÷२१ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा सार्वजनिक सूचना शाखाद्वारा निर्माण गरिएको शैक्षिक क्यालेण्डर २०८१ सार्वजनिक गर्ने उद्धेश्यले आयोजना गरिएको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता, वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अन्य पदाधिकारीहरु, क्याम्पस प्रमुख नारायणप्रसाद ढकाल, सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. विभागीय प्रमुखहरु, विभिन्न शाखाका संयोजकहरु साथै क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका तथा अध्ययनरत विद्यार्थीहरु गरी ५० जनाको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । क्यालेण्डर विमोचनको अवसरमा बोल्दै विशिष्ट अतिथि पङ्गेनीले क्याम्पसले आफ्ना कार्यक्रमहरु समावेश गरेर क्यालेण्डर प्रकाशन गरेकोमा धन्यवाद दिँदै क्यालेण्डरमा समावेश गरिएका कार्यक्रमहरुको कार्यान्वयनको शुभकामना दिनुभयो । सोही अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले क्याम्पसले प्रत्येक वर्ष आफ्ना कार्यक्रमहरु समावेश गरेर शैक्षिक क्यालेण्डर प्रकाशन गर्दै आएको सन्दर्भ उल्लेख गर्दै क्यालेण्डरमा समावेश गरिएका सम्पूर्ण कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनको लागि विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमको सहजिकरण गर्दै सार्वजनिक सूचना शाखाका संयोजक उप प्राध्यापक हरिदत्त शर्माले शैक्षिक क्यालेण्डर निर्माण गर्नुको उद्धेश्य क्यालेण्डरमा समावेश गरिएका कार्यक्रम तथा विषयवस्तुका बारेमा स्पष्ट पार्नुभएको थियो ।



प्रतिक्रिया