अर्थखबर

दैनिक रेकर्ड बनाउँदै सुनको मूल्य, तोलाको एक लाख ३४ हजार

खबर खुराक
२२ चैत २०८० ११:५२

 २२ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु. एक हजारले बढेर रु. एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु. ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु. एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु. एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।  रासस



प्रतिक्रिया