बुटवल एकेडेमिकद्वारा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न

खबर खुराक
२५ चैत २०८० २०:३६

चैत २५ । ७६औ विश्व स्वास्थ्य दिवस को अबसरमा बुटवल एकेडेमिक इन्स्टिच्युट, बुटवलले सोहि कलेजमा अध्यनरत सामान्य चिकित्सा संकाय प्रथम वर्षका विद्यार्थीहरुको सहभागितामा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुटवल बजारको तिन स्थान योगिकुटि चोक, होराइजन चोक र देविनगर चौपारीमा निःशुल्क सुगर परिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रत्येक वर्ष अप्रिल ७ तारिकको दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ मनाइएको छ ।
परिक्षण कार्यक्रम पश्चात कलेजमै बिध्यार्थीहरुले सबै स्थानको प्रतिबेदन सहितको प्रस्तुतीकरण गरेका थिए । उक्त कार्यक्रममा कलेजका कार्यकारि अध्यक्ष विनोद घिमिरेले प्राविधिक शिक्षाको अध्ययन संगसंगै विधार्थिहरूले आफुले सिकेको ज्ञान समुदाय स्तरमा बुझाउन र आफ्नो स्वास्थ्यको बिषयमा आफै सचेत हुन आवश्यक छ भन्ने सचेतनाको निम्ति आम मानिसलाइ यस्ता कार्यक्रमले ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा कलेजका प्राचार्य विनोद पोख्रेल, प्रध्यापक लक्ष्मी रायमाझिले कलेजले बिध्यार्थीहरुको प्रयोगात्मक तथा सामुदायिक सेवामा अभ्यस्त बनाउन अहम भुमिका खेलेको बताउनु भयो । उक्त निःशुल्क सुगर परिक्षण मार्फत ४०० जना भन्दा बढि लाभान्भित भएको कलेजका प्रशासकिय अधिकृत वेदना पाण्डेले जानकारी गराउनु भयो ।



प्रतिक्रिया