इस्लाम धर्मावलम्बीहरु आज ईद–उल–फित्र मनाउँदै

खबर खुराक
२९ चैत २०८० १०:०८

२९ चैत, काठमाडौं । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि  ‘इद उल फित्र’ आज विहिबार मनाउँदै छन् । सो अवसरमा सरकारले आज सार्बजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो । इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु  ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।



प्रतिक्रिया