सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार रुपैयाँ

खबर खुराक
३० चैत २०८० १३:४२

३० चैत, काठमाडौं । नेपाली बजारमा वर्षकाे अन्तिम काराेबार दिन अर्थात शुक्रबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेकाे हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी तोलाको १७ सय रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया