सुदुरपश्चिममा सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन

खबर खुराक
२ वैशाख २०८१ १०:०८

२ वैशाख, बुटवल । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समय सीमा आज आइतबार सकिंदैछ ।

केन्द्रमा नयाँ सत्ता समीकरणसँगै अल्पमतमा परेपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सो लगत्तै प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सरकारमा दाबी पेस गर्न दिएको समय आज आइतबार साँझ ५ बजे सकिँदै छ  ।

नयाँ गठबन्धन दलहरुले साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने जनाएका छन् ।सुदुरपश्चिममा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मुख्यमन्त्री बन्ने दलहरु बीच यसअघि नै सहमती भएको छ । यद्यपि नागरिक उन्मुक्ति पार्टी भित्रनै कसलाई मुख्यमन्त्री बनाउने भनि सहमती जुट्न सकेको छैन ।

नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ । नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । नाउपाकि अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौंबाट धनगढी पुगेपछि सरकारमा दाबी पेस गरिने उनी बताउँछन् ।



प्रतिक्रिया