एसीसी प्रिमियर कप

नेपाल र साउदी अरेबियाबीचको खेल ८-८ ओभरको हुने

नेपाल ले टस जितेर पहिला फिल्डिङ्ग गर्दै

खबर खुराक
५ वैशाख २०८१ १४:५८

५ वैशाख, काठमाडौं ।  एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ ।यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु  भएको छ ।

नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।

नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी खेलेका छन् ।

 

 



प्रतिक्रिया