लुम्बिनीमा टुङ्गियो मन्त्रालय बाँडफाट, आज साँझ ५ बजे सपथ

खबर खुराक
६ वैशाख २०८१ १०:४८

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तार गर्ने भएका छन् । संसदको विषयगत समितीको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएको नेकपा एमाले संसदीय दलका उप नेता चेतनारायण आचार्यले जानकारी दिए ।

सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप ३, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय लिने गरी ११ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको आचार्यले जानकारी दिए । आज साँझ ५ बजे सपथ कार्यक्रमका लागि प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराएको उनले बताए ।

कुन मन्त्रालय कसले लिने विषयमा आज दिनभर छलफल गरी साँझसम्म टुङ्गो लाग्ने बताइएको छ ।



प्रतिक्रिया