सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

खबर खुराक
७ वैशाख २०८१ १०:४८

७ वैशाख, चौतारा । सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दर्जनौं घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाउन थालिएको प्रहरीले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।



प्रतिक्रिया