एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

खबर खुराक
७ वैशाख २०८१ ११:४३

७ वैशाख, काठमाडौं  । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ :४५ बजेबाट सुरू हुनेछ।

नेपाल ‘ए’ को समूहको विजेता र युएई समूह ‘बी ‘ को उपविजेता हुन्। नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ।



प्रतिक्रिया