बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

खबर खुराक
९ वैशाख २०८१ १६:४६

महाकवि देवकोटा क्याम्पसको आयोजनामा क्याम्पसको सभाहलमा लुम्बिनी प्रदेशमा मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएका माननीय खड्ग बस्नेत ज्यू को सफल कार्यकालको शुभकामना दिने उद्धेश्यले सञ्चालन गरिएको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षता, माननीय मन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्याम्पसका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, क्याम्पसमा प्रध्यापनरत शिक्षक शिक्षिका तथा कर्मचारी गरी ५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा क्याम्पस सल्लाहकार समिति सदस्यद्वय जित बहादुर पौडेल र यज्ञप्रसाद पाण्डे साथै क्याम्पस सञ्चलक समिति सदस्य भविश्वर तिवारी, निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतका व्यक्तित्वहरुले माननीय मन्त्रीको सफल कार्यकालको शुभकामना दिनुभएको थियो । यस क्षेत्रका जनताले गरेको विश्वास टुटन नदिने र सधैं यो ठाउँको नाम उच्च राख्ने काम गर्ने वचनबद्धता व्यक्त गर्दै प्रमुख अतिथि मन्त्री बस्नेतले क्याम्पसले अध्ययन अनुसन्धान गरेर यस क्षेत्रका समस्या पहिचान गरी आफूलाई जानकारी गराइदिन आग्रह गर्नुभयो । साथै उहाँले हरेक समस्याको समाधान गर्न आफू तत्पर रहेको बताउँदै क्याम्पसको विकासको लागि लागीपर्ने वचनबद्धता समेत व्यक्त गर्नुभयो । उक्त अवसरमा कार्यक्रमका सभाध्यक्ष लामिछानेले यस क्षेत्रमा देखिएका शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न आग्रह गर्दै प्रदेश सरकारका तर्फबाट क्याम्पसको लागि गर्नुपर्ने सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण गर्दै क्याम्पस प्रमुख नारायणप्रसाद ढकालले माननीय मन्त्रीको सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।



प्रतिक्रिया