गुल्मीमा ७ वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना

खबर खुराक
१० वैशाख २०८१ १३:०३

१० वैशाख, गुल्मी । गुल्मीमा सात वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना भएको छ । यसअघि २०७३ साल बैशाख १८ गते  जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को तल्लो र उपल्लो दजाकोटमा भिषण आगलागीबाट ५७ घर जलेर  पूर्ण रुपमा क्षति भएको थियो  ।

एक जनाको मृत्यु भएको थियो ।  दजाकोटका समाज सेवी हरिप्रसाद छन्त्यालका अनुसार ७० वटा गोठ जलेका थिए । ३७ वटा शौचालय, दर्जनौं पशु चौपायफ करिब सयको हाराहारीमा कुख्रा परेवा मरेका थिए । त्यसयता २०८१ बैशाख ८ गते दोश्रो ठूलो आगलोगिको घटना गुल्मीमा घटेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलका अनुसार  बैशाख ८ गतेको आगोलागिबाट  जिल्ला भर ४१ वटा घर, ४८ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको छ । ८३ वटा पशु चौपाय मरेका छन् । ८ वटा घाईते भएका छन् । एउटा टयाक्टर, २ वटा कुटानीपिसानी मिल, एउटा मन्दिर र दुई वटा पसल जलेर नष्ट भएका छन् ।  सबै भन्दा ठूलो क्षति इस्मा गाउँपालिकामा भएको छ ।  इस्मा गाउँपालिका-१ को उजुङ, २ को सिदुङखा, फेदिया हाँडीखोला, वडा नम्बर ४ को कोटकटेरी, मुडकिनासहित कुल २५ घर पूर्ण रुपमा जलेर क्षति भएको छ । १६ घरमा आंशिक क्षति भएको छ । प्राकृतिक प्रकोपबाट इस्मा गाउँपालिकाले ४ वर्ष नपुग्दै अर्को ठूलो क्षति ब्यहोरेको हो ।  २०७७ असार १८ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोले वडा नम्बर-१, २ र ४ को  ढाँडा जुकेपानी, न्वाला, मल्दी, उपल्लो फाँटका दर्जनौ घर गोठ बाढीले बगाएर क्षति भएको थियो ।

एक जनाको मृत्यु भएको थियो । दर्जनौ पशु चौपाय मरेका थिए । त्यति बेलाको प्राकृतिक प्रकोपबाट पीडितहरुले खासै  राहत पाउन नसकेको गुनासो आईरहेकै बेला बैशाख ८ को  अर्को प्राकृतिक प्रकोपका पीडितहरुले के कस्तो राहत पाउने हुन त्यो भने हेर्न बाँकी छ ।

इस्मा गाउँपालिकाले विज्ञप्ती निकालेर राहत एकद्वार प्राणीबाट वितरण गर्ने भनेको छ । प्रारम्भिक राहतका रुपमा  खाद्यन्न वितरण गरेको छ । नेपाल रेडक्रस सोईसाईटीले पनि खाद्यन्न कपडा लत्ता वितरण गरेको छ । अग्नी पीडितहरुमा सबै भन्दा ठूलो अभाव खानेपानी रहेको छ ।   त्यस पालिका उपाध्यक्ष पार्वती कुँवर आईतबार विहानै वडा नम्बर १ र  २ को खानेपानी व्यस्थापनमा खटेको बताउँदै थिईन् ।

पालिका अध्यक्ष भगतसिंख खड्काले एकद्वार प्रणालीबाट राहत वितरण गरौं भनेर सबैसँग आग्रह गरे पनि  उल्लघंन गरिएकोप्रति आईतबार सर्वदलीय बैठक राखिएको बताए ।

इस्मा गाउँपालिकाभरका अग्नी पीडितहरुलाई क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री गोकणराज बिष्टले प्रारम्भिक राहतका रुपमा सबै प्रकारका खाद्यन्न, भाँडा कुँडा र ओडने ओछ्याने कपडा लत्ता पठाएका  छन् । उक्त राहत सामग्री इस्मा गाउँपालिकाका पूर्व   पालिका अध्यक्ष लक्ष्मण बिष्ट, उपाध्यक्ष बिमला खत्री, नेकपा एमालेका  जिल्ला पार्टी सचिवालय सदस्य हिरा एसी, इस्मा गाउँ कमिटी अध्यक्ष  राजेन्द्रविक्रम कुँवर,  वडा नम्बर  ४ का वडाध्यक्ष मानबहादुर बस्नेत,  एमाले वडा नम्बर ४ का  सह ईन्चार्ज चुराबहादुर बिष्ट, वडा कमिटी अध्यक्ष बिष्णु सुनार लगायत सबै टोलमा पुगेर वितरण गरेका छन् ।

नेता बिष्टले सबै अग्नी पीडितहरुको घर निर्माण गरिदिने  प्रतिबद्धता जनाएको  त्यस पालिका पुर्व उपाध्यक्ष बिमला खत्रीले  जानकारी दिईन् । वडा सदस्य सिता  बिक र समाज सेवी भिमकान्त खनालले खानेपानीको अभावपुर्तिका लागि पाईप जडानको काम भईरहेको, बसोबासका लागि खाली घरहरुमा राख्ने काम भईरहेको बताए ।

इस्मासहित जिल्लाभरका अग्नी पीडितहरुको राहत र उद्धारमा विगतमा दजाकोटमा जस्तै, देश विदेश सबैतिरबाट राहत उपलब्ध गराउन  सक्रियता देखाउन पर्ने आवश्यक छ ।



प्रतिक्रिया