कतारका राजाको स्वागतका लागि सिंगारियो काठमाडौं (तस्बिरहरु)

खबर खुराक
११ वैशाख २०८१ १३:५४

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि आज साँझ नेपाल आउन लागेका हुन् ।

उनको स्वागतका लागि काठमाडौं सिंगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक,चोकमा स्वागतद्वार,तुल ब्यानरका साथै दुवै देशको झण्डा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने,नयाँ बानेश्वर,माइतीघर,जमल,लैनचौर,त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइ गरिएको छ । सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

null

null
null

null

nullnullnull



प्रतिक्रिया