झापामा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु

खबर खुराक
१२ वैशाख २०८१ ११:०४

१२ वैशाख,झापा । झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । मृतक तीनै जना युवा हुन्। उनीहरूको पहिचान खुलेको छैन।

उनीहरू त्यहीका स्थानीय हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरूको पहिचानका लागि परिवारजन हस्पिटलतर्फ गइरहेको जनाइएको छ ।  यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया