पाल्पामा सभामुख

स्थिर सरकार र निर्वाचन पद्धतीमाथि सभामुख देवराज घिमिरेले उठाए प्रश्नः संविधानको रक्षाकालागि राजनितिक दल एक हुनुपर्छ

स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको टिप्पणी

खबर खुराक
१५ वैशाख २०८१

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको टिप्पणी गरेका हुन् । उनले भने,‘निर्वाचन सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

यस्तै, सभामुख घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको टिप्पणी गरे । घिमिरेले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको आवश्यकत्ता औंल्याए । उनले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर गरेको सुनाए ।

पछिल्लो समय नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचन प्रणाली फेर्नको लागि एमाले र कांग्रेसबीच सहकार्य अनिवार्य भएको विषय उठाएका थिए । उनीहरुले निर्वाचन प्रणाली नफेरेसम्म साना साना दलले बार्गेनिङ गर्ने र सरकार सधैं अस्थिर हुने टिप्पणी गरेका थिए ।