वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

खबर खुराक
१६ वैशाख २०८१ १४:०६

१६ वैशाख, काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर  ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले  निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए। कप्तान रोस्टन चेजले २३ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २/२,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो।

शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो। नेपाल र वेस्टइन्डिज ‘ए’बीचको तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।



प्रतिक्रिया