धादिङको थाक्रेमा आगलागी, वृद्ध दम्पतीको मृत्यु

खबर खुराक
२० वैशाख २०८१ १०:५३

२० वैशाख, मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ उनको भनाइ छ।

‘राति करिब ११:३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने।



प्रतिक्रिया